TodayPati

धनुषा जिल्ला लिग फुटबल सुरु

टुडेपाटी-
जनकपुरधाम, जेठ १३ गते ।

जनकपुरमा एन्फा धनुषा जिल्ला लिग फुटबल सुरु भएकाे छ । जिल्ला फुटबल संघकाे आयाेजनामा जनकपुर-१३ स्थित कभर्डहल फुटबल खेल मैदानमा जिल्ला लिग शनिबार देखि सुरु भएकाे हाे । १० टिम सहभागी खेल अषाढ ४ गते सम्म सञ्चालन हुने छ ।

जनकपुरधाम उप महानगरपालिकाका मेयर मनाेज साहले रेफ्रिलाई फुटबल हस्तान्तरण गर्दै जनकपुरकाे खेलकुद विकासकालागि उप महानगर भित्र ५ खेल मैदान व्यवस्थित गर्ने याेजना अगाडि बढाएकाे बताए । खेलकुदकाे विकासकालागि राजनीति दल एकमत हुनु पर्ने मेयर साहले भने । पहिलाे दिनकाे खेल जनकपुर स्पाेर्टस र बेगांडाबर बीच भएकाे खेल ३/३ गाेलकाे बराबरीमा टुंगिएको छ । जनकपुर स्पाेर्टसकाे तर्फबाट शिव माझी २ गरे भने बेगांडाबरकाे तर्फबाट धनबहादुर मगर २ र पशाङ लामाले १ गाेल गरे ।

Sponsored

जनकपुर स्पाेर्टसकाे तर्फबाट २ गाेल गरेका १७ नम्बरका खेलाडी शिव माझी म्यान अफ द म्याच चुनिए । आइतबार दाेश्राे दिनकाे खेल यज्ञभुमि युवा समाज धारनपानिसंग उन्नतिशिल मुडिवाले प्रतिस्पर्धा गर्ने जिल्ला फुटबल संघ धनुषाका सदस्य तपेश्वर राउतले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *