TodayPati

जनकपुरको पोखरीमा डुबेर दुई बालकको ज्यान गयो

टुडेपाटी-
जनकपुरधाम, जेठ १२ गते ।

जनकपुरधामको एक पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ । ज्यान जानेमा जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठा बस्ने जयनारायण महतोको ६ वर्षीय छोरा शिवनन्दन महतो र राकेश पासवानका ६ वर्षीय छोरा आदित्य पासवान रहेका छन् ।

शनिवार बिहान १० बजेतिर घर नजिकैको साहुजी पोखरीमा गर्मी छल्न नुहाउने क्रममा दुबै जना बालक डुबेका थिए । स्थनीयले देखेपछि सिकिस्त अवस्थामा उद्धार गरेर उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।

Sponsored

बिहान ११ बजे दुबैजना बालकलाई चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *