TodayPati

धनुषा प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना

टुडेपाटी-
जनकपुरधाम, जेठ १२ गते ।

नागरिकता सम्बन्धी मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अस्पताल भर्ना गरिएको छ । उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि उनलाई गए राति प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई जनकपुरकै काव्या अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । सिरोहियालाई पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या छ । टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रहरीले अस्पताल भर्ना गरेको हो ।

Sponsored

मंगलबार कान्तिपुर अफिसबाट गिरफ्तार सिरोहियालाई प्रहरीले बुधबार बिहान जनकपुर ल्याएको थियो । धनुषा जिल्ला अदालतको अनुमतिमा तीनदेखि धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई शुक्रबार पुनः अदालतले तीनदिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थपेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *