TodayPati

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न धनुषा अदालको अनुमाति

टुडेपाटी-
जनकपुरधाम, जेठ ११ गते ।

नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीनदिन हिरासतमा राख्न  धनुषा जिल्ला अदालतले म्याद थपेको छ ।

जिल्ला अदालत धनुषाका जिल्ला न्यायाधीश रोमाकान्त ज्ञावालीको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमानि दिएको श्रेस्तेदार कैलास भट्टराईले जानकारी दिए ।

Sponsored

सरकारी वकिलको कार्यालयले पाँच दिन सिफारिस गरेको थियो । तर अदालतले ३ दिन मात्र थपेको हो ।

यसअघि बुधबार तीनदिन प्रहरी हिरासतमा राख्न अदालतले तीनदिनको  अनुमति दिएको थियो ।
नागरिकतासम्बन्धि कसुरमा प्रहरीले गत मंगलबार सिराहियालाई काठमाडौंको कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान धनुषा ल्याएको थियो ।

सिरोहियालाई हिरासतमुक्त गर्ने पक्षमा बरिस्ठ अधिवक्ताहरु शम्भु थापा, युगल किशोर लाभ,  विनोद शर्मा,  शेरबहादुर केसी, टिकाराम भट्टराई, गोबिन्द ओली, रमण श्रेष्ठ, पंकज कर्ण, अधिवक्ताहरु रमण कर्ण, दिपेन्द्र झा, किशोर पौडेलले बहस गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *