TodayPati

धनुषाको एक क्रसरमा युवकको शव फेला

टुडेपाटी-
जनकपुरधाम, जेठ १० गते ।

धनुषामा क्रसरमा एक युवकको शव फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित सञ्चालित कमला स्टोन क्रसरमा युवकको शव ढुंगा फोड्ने मेसिनको फित्तामा भटिएको हो ।

गणेशमान चारनाथ नगरपालिका – ६ गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
मजदुरका रुपमा काम गर्ने उनको राति ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा शव फेला परेको हो ।

Sponsored

त्यही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने ४५ वर्षीय खेमकुमार मगर घाइते भएको डिएसपी अवाले बताए ।

मृतकका मामा खुसीलाल यादवले घटना हत्या हुन सक्ने शंका रहेको दावी गरे । उनले क्रसर सञ्चालक सबै घटना पश्चात् फरार भएकाले सुक्ष्म अनुसन्धान गर्न माग गरे ।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *