TodayPati

महोत्तरीमा वर्षाको बेला हुने क्षति न्यूनिकरण गर्न पूर्वअभ्यास

टुडेपाटी-
जनकपुरधाम, जेठ ९ गते ।

वर्षाको बेलामा बाढी र डुबानबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न महोत्तरीको भंगहा नगरपालिकामा पूर्वअभ्यास गरिएको छ । महोत्तरी जिल्ला विपद ब्यवस्थापन समिति र भंगहा नगरपालिका लगायतको विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा बुधबार भंगहा नगरपालिका ९ भिमगढमा पूर्व तयारीका लागि प्रतिकात्मक अभ्यास गरिएको हो ।

वर्षामा परेको विपदका बेला संकटमा रहेका नागरिकको खोजबिन गरी उद्धार तथा व्यवस्थापनका लाग्रितिकात्मक अभ्यास गरिएको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले जानकारी दिए । नेपाली सेना श्री गोरखनाथ गण, सशस्त्र प्रहरी बल नेपाल श्री ९ नम्बर गण, नेपाल प्रहरी, रेडक्रस सोसाईटी महोत्तरी, जीजीजी आई तथा अन्य सरोकारवाला निकायहरुको सहकार्यमा उक्त पूर्वअभ्यास भएको हो ।

Sponsored

सो अवसरमा जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन लाल कर्ण, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, भंगाह नगर प्रमुख संजिव कुमार साह, नगर उप प्रमुख शान्ती कुमारी सिंह, गणका गणपति प्रमुख सेनानी विनोद विकास पाठक, प्रहरी उपरीक्षक नकुल पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक बिनोद केसी लगायतको उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *