TodayPati

कैलाश सिरोहिया तीनदिन धनुषा प्रहरीको हिरासतमा रहने

टुडेपाटी-
जनकपुरधाम, जेठ ९ गते ।

नागरिकता काण्डमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ ।

उनलाई ३ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय धनुषालाई अनुमति दिएको हो ।

Sponsored

प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर अदालतका जिल्ला न्यायाधीश चुडामणि खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

गत वैशाख १६ गते रास्वपाका मधेश प्रदेश सदस्य सर्लाहीको हरिवन बस्ने इन्द्रजित प्रसाद महतोले दोहरो नागरिकता लिएको भन्दै सिरोहियाविरुद्ध धनुषा प्रहरीमा जाहेरी दिएका थिए उनलाई सो अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार काठमाडौं स्थिति कान्तिमपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरेको थियो । उनलाई बुधबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर जिल्ला अदालतमा म्याद थपका लागि पेश गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *