TodayPati

सिरोहियाविरुद्ध धनुषा प्रहरीमा जाहेरी दिने महतो रास्वपाका कार्यकर्ता

टुडेपाटी-
जनकपुरधाम, जेठ ९ गते ।

नागरिकता दुरुपयोग कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाविरुद्ध जाहेरी दिने व्यक्ति रास्वपाका कार्यकर्ता रहेको खुलेको छ । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा सर्लाहीका इन्द्रजित महतोले जाहेरी दिएका हुन् ।

१६ वैशाखमा जाहेरी दिने व्यक्ति रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मधेश प्रदेश सदस्य रहेका छन् । सर्लाहीको हरिवन नगरपालिका हरिवनका महतो सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरेका थिए ।

Sponsored

महतो पार्टी उपसभापति डिपी अर्याल मन्त्री रहेको श्रममन्त्रालयलाई सघाउने टिमका सदस्य पनि छन् । रास्वपा मधेश प्रदेशका महामन्त्री मनिष साहले हस्ताक्षर गरेको पत्रमा उक्त जानकारी दिइएको छ । सर्लाहीका महतोले २०७९ को प्रतिनिधि तथा प्रदेशसभा चुनावा सर्लाही क्षेत्र नं. ३ (क) बाट स्वतन्त्र (लौरो छाप)बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए ।

पराजित भएपछि महतो रास्वपमा प्रवेश गरेका थिए ।

उनले आफ्नो सामाजिक संजाल फेसबुक भरि पछिल्लो उपचुनावका लागि तयार गरिएका प्रचार सामग्रीहरु, अनि पार्टीका विभिन्न गतिविधि पनि आफ्नो सामाजिक सञ्जालबाट प्रचारप्रसार गरेका छन् ।

Sponsored

उनी सर्लाहीको हरिवनमा क्लिनिक समेत संचालन गरेका छन् । चुनावमा स्वतन्त्र लड्नु अघि उनी नेपाली काँग्रेस हुँदै एमालेमा लागेका थिए । उनले धुनषा प्रहरीमा जाहेरी दिएको आधारमा जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सिरोहियालाई मंगलबार नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो ।
उनलाई आवश्क अनुसन्धान र कारबाहीको लागि धनुषा ल्याउन लागिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *