TodayPati

कान्तिपुर मिडिया ग्रुपका संचालक कैलाश सिरोहिया पक्राउ, कारबाहीका लागि जनकपुर ल्याइँदै

टुडेपाटी-
जनकपुरधाम, जेठ ८ गते ।

कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहिया पक्राउ परेका छन् । जिल्ल प्रहरी कार्यालय धनुषामा सिरोहियाविरुद्ध परेको नागरिकताको दुरुपयोग सम्बन्धि प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए ।

Sponsored

सिरोहियाले नागरिकता दुरुपयोग गरेकोविरुद्धमा सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो । उनलाई मंगलबार नै धनुषाको जनकपुरतर्फ ल्याउन लागिएको हो । सिरोहियाले भने सहकारीको वचत रकम हिनामिनाका विषयमा निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *