जनकपुरका पत्रकारमा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमार्फत ३० जनाको स्वाब संकलन
टुडेपाटी-
जनकपुरधाम, जेठ ५ गते ।
धनुषामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भेटिएका एक पत्रकारको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरिएको छ। गत बिहीवार धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा कोरोना संक्रमण भेटिएका पत्रकार र व्यवसायीको सम्पर्कमा आएका उनीहरुको कन्ट्याक्ट ट्रेसिङमार्फत खोजी गरी स्वाब संकलन गरिएको हो ।
पत्रकारमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा ३० जनाको खोजी गरी स्वाब परीक्षण गरिएको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ धनुषा र नेपाली सेना महेन्द्रनगर रणभीम गणको संयुक्त पहलमा प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक प्रयोगशालाको टोलीले कन्ट्याक्ट ट्रेसिङबाट ३० जनाको स्वाब परीक्षण गरेको महासंघका अध्यक्ष मिश्रले बताए ।
संक्रमित व्यक्तिको सम्पर्कमा आएका घरपरिवार, कार्यरत टेलिभिजन तथा पत्रकारको थ्रोट र नोजल स्वाब संकलन गरिएको प्रयोगशाला प्रमुख रामविनय साहले जानकारी दिए ।
Sponsored