TodayPati

मधेशमा स-सर्त अनुदान छलफल गरेर वितरण गर्न माओवादी केन्द्रको माग

टुडेपाटी-
जनकपुरधाम, वैशाख २८ गते ।

मधेश सरकारको अर्थ मन्त्रालयले आन्तरिक मिलेमतोमा स्थानी तहहरुलाई ससर्त अनुदान बाँडिरहेको भन्दै नेकपा माओवादी केन्द्रले ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्र संसदीय मधेश प्रदेशका नेता भरत प्रसाद साहले अर्थ मन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो ।

उनले विगतमा समेत ससर्त अनुदान वितरणमा विभेद गर्दा विवाद भएको भन्दै अब दलहरुसंग छलफल गरेर मात्र वितरण गर्न माग गरेका हुन् ।

Sponsored

‘उपरोक्त सम्बन्धमा आ.ब २०८०।०८१ को स्थानीय तह लाई दिने स–सर्त अनुदान वितरणको विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामीलाई प्राप्त सुचनाअनुसार आन्तरिक मिलोमतोमा कुनै स्थानीय तह लाई धेरै र कुनै स्थानीय तह लाई न्यूनतम भन्दा पनि कम दिने प्रचलन विगतमा पनि विवादित भएको सर्व विधितै छ’ पत्रमा अगाडि लेखिएको छ ‘तसर्थ मधेश प्रदेश सरकार अर्थ मन्त्रालयले सरकारको सत्ता साझेदार दलहरु तथा प्रतिपक्षी दलहरु संगको सहकार्य तथा छलफल गरेर मात्र वितरण गर्न गराउनहुन ध्यानाकर्षण सहित जानकारी गराउदछौ ।’

ध्यानाकर्षण गराउने नेता साह मधेश सरकारका मन्त्री समेत हुन् । मुख्यमन्त्री सरोज यादवले दिएको वन तथा वातावरण मन्त्रालय उनले अहिलेसम्म अस्वीकार गरको छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *