TodayPati

बारामा जेठ २० गतेसम्म निषेधाज्ञा जारी

टुडेपाटी-

बारा, जेठ ५ गते ।

माहामारीको रुपमा फैलिएको कोरोना संक्रमितको संख्या बारासहित देशैभर बढ्दै गएपछि बारामा निषेधाज्ञा जारी गरिएको छ ।

Sponsored

जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले ६ जेठदेखि २० जेठ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसारका निषेधाज्ञाका बेला आवश्यक कामबाहेक कोही पनि बाहिर निस्कन पाउने छैनन् ।

यस्तै पर्सा, वीरगञ्ज तथा रौतहटबाट बारा जिल्लामा कार्यालय तथा अन्य प्रयोजनका लागि हुने दैनिक आवतजावत गर्ने व्यक्ति तथा सवारीसाधनहरू पूर्णरूपमा सञ्चालन गर्न बन्देज लगाइएको छ । अत्यावश्यक सेवाहरू भने खुल्ला रहने प्रशासन कार्यालयले जनाएको छ ।

Sponsored

त्यस्तै भारतसँग जोडिएका सीमानाकाहरूमा पनि पूर्णरूपमा आवतजावत बन्द गर्ने, ‘क’ वर्गका बैंकहरू आलोपालो मिलाई खोल्ने व्यवस्था मिलाइने, स्वस्थ्य मन्त्रालयबाट जारी मापदण्डमा रही कर्मचारी/कामदरहरूलाई आफ्नै होस्टेल/क्वार्टर/आवासमा राखी सञ्चालन गर्ने उद्योगीहरूले मात्र उद्योग खोल्न पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसैगरी केही दिन पहिला पर्सामा जारी गरेको निषेधाज्ञा भने भोलिदेखि हटाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *