TodayPati

सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

टुडेपाटी-
जनकपुरधाम, वैशाख २७ गते ।

सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको गए राति हत्या भएको हो । मृतक फुँयाल सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा हुन् ।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार गए राति ३ बजेर १८ मिनेटमा एकजना भित्र छिरेर घाँटीमा खुकुरी प्रहार गरी सुरक्षा गार्ड फुँयालको हत्या गरेको हो ।
उक्त दृश्य सीसीटीभी फुटेजमा देखिएको छ । यधपी बिहान ६ बजेतिर मात्र प्रहरीले घटनाको विषयमा जानकारी पाएको थियो । हत्या गर्ने व्याक्तिले बैंकमा लकर तथा काउन्टर तोडफोड गरेर पैसा लुट्ने प्रयास पनि गरेका छन् । तर लकर नटुटेपछि ती मान्छे रित्तै हात बैंकबाट फर्केको सिसीटिभी फुटेजमा देखिएको डिएसपी न्यौपानेले बताए ।

Sponsored

घटनामा संलग्न भएका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाएर घटनास्थलको अनुसन्धान गरि शव पोस्टमार्टमको लागि जेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *