TodayPati

सिरहामा आमाले गरिन् आफ्नै ५ वर्षीय छोराको हत्या, पलङको घर्रामा लुकाइन् शव

टुडेपाटी-
जनकपुरधाम, वैशाख १४ गते ।

सिरहामा आमाले आफ्नै पाँच वर्षीय छोराको हत्या गरी शव सुत्ने पलंगमा लुकाएको फेला परेको छ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्ने ३४ वर्षीया सरीता कुमारी साह ५ वर्षीय छोरा आयुश साहको हत्या गरेको प्रहरीले जनाएको छ ।

गत वैशाख ११ गते अपराहन्न साढे ५ बजे स्थानीयले बालक बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजतलाश गर्दै जाँदा आमा सरीता सुत्ने कोठामा रहेको बक्स पलङ्गको घर्राभित्र मृत अवस्थामा छोरा आयुस फेला परेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले बताए ।

Sponsored

आमा सरीतालाई सोही दिन पक्राउ गरी सिरहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *