TodayPati

जनकपुरमा सरसफाइ कार्यक्रम गरी सिद्धार्थ बैंकले मनायो पृथ्वी दिवस

टुडेपाटी-

जनकपुरधाम, वैशाख ११ गते ।

पृथ्वी दिवसको अवसरमा सिद्घार्थ बैंक लिमिटेडले स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने उद्देश्यले जनकपुरको गंगासागरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

Sponsored

जनकपुरधमको पवित्र सरोवर गंगासागर र गंगा आरती घाटमा सरसफाई कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको छ हो।
बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा देशका अन्य प्रदेशहरुमा पनि सरसफाइ कार्यक्रम आयोजना गरेको थियो ।

वातावरणीय समस्याहरुको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरुका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्न आयोजना गरिएको सरसफाइ कार्यक्रममा बैंकका जनकपुर शाखा, रमानन्द चोक शाखा र विध्यापाटि चोक शाखाका उल्लेखनीय कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यस कार्यक्रमले पृथ्वीमा दिनानुदिन बढ्दै गएको प्लास्टिकको प्रयोगका साथै प्रदुषणबाट पर्ने नकारात्मक असरको बारेमा जनचेतना फैलाइ जनमानसमा आफ्नो वातावरण स्वच्छ र सफा राख्न समेत प्रेरित गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
सिद्धार्थ बैंक लिमिटेडले देशैभरी फैलिएको आफ्ना १९६ वटा शाखा (५ वटा एक्स्टेन्सन् काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ वटा एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको जनकपुर मिल्स एरिया शाखाका प्रतिनिधि कृ्णा गुप्ताले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *