TodayPati

धनुषामा आगलागीमा जलेर एक महिलाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, वैशाख १० गते ।

धनुषामा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका १ भगवानपट्टी बस्ने लक्ष्मण कापरकी श्रीमती ४२ वर्षीय विन्देश्वरी कापर रहेको प्रहरीले जनाएको छ ।

सोमबाबर दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको परालको तीनवटा थुप्रोमा आगलागी भएको थियो । प्रहरी र वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रण गर्ने क्रममा जलेको अवस्थामा मण्डलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *