TodayPati

धनुषामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, वैशाख ७ गते ।

धनुषामा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५ वर्षीय रामरतन मण्डल रहेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार पैदल यात्री मण्डललाई बिहीबार साँझ प्रदेश ०२- ००७ प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको सिता हस्प्टिल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको डिएसपी अवाले बताए ।

Sponsored

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *