TodayPati

सर्लाहीमा शरीर र टाउको अलग भेटिएका युवकको हत्या आरोपी फरार बैठा पक्राउ

टुडेपाटी-
जनकपुरधाम, वैशाख ७ गते ।

सर्लाहीमा एक भारतीय युवकको हत्या आरोपमा फरार रहेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्ला सोनबर्षा थाना ग्राम पंचायत पुरनदहा राजवडा पश्चिम ५ बस्ने २७ वर्षीय रंजित कुमार बैठा छन् ।

उनलाई गत ४ साउन २०८० मा सर्लाही हरिवन नगरपालिका लखन्देही पुल मूनि टाउको र जंगलमा शरीरको भाग फेला परेका भारतको विहार जिल्ला सितामढी थाना पुरौना भिलेज पोष्ट मनियारी ५ बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राजको हत्या अभियोगमा पक्राउ गरेको हो ।

Sponsored

घटना पश्चात फरार रहेका बैठालाई खोज तलासको क्रममा गत वैशाख ४ गते राति ११ बजेको समयमा सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखकाली स्थित लागेको महायज्ञ मेलामा घुमि रहेको अवस्थामा पक्राउ गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *