TodayPati

मधेशमा ११ औं पटक मन्त्री परिषद पुनर्गठन

टुडेपाटी
जनकपुरधाम, वैशाख ६ गते ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले सत्ता गठबन्धनबाट बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेर मन्त्री परिषद विस्तार गरेका छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेलीलाई मन्त्री बनिन् भने एमालेकी सारदा थापालाई राज्यमन्त्री ।

Sponsored

साह र लुंगेलीको मन्त्रालय भने तोकिएको छैन । भट्टराई उद्योग तथा पर्यटनमन्त्री र थापा गृह संचार तथा संचार राज्यमन्त्री बनेकी छन् । माओवादी केन्द्रले यसअघि उद्योग पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर भट्टराईलाई पठाएको हो । माओवादीले उद्योग पर्यटन राज्यमन्त्री रहबर अंसारीलाई पनि फिर्ता बोलाएको छ ।

मुख्यमन्त्री यादवको १५ महिने कार्यकालमा यसरी मन्त्री परिषद पुनर्गठन ११ औं पटक हो । अब मधेश सरकार १५ सदस्य मन्त्री मण्डल भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *