TodayPati

जनकपुरमा आमाछोरीको जलाएर हत्या की आत्महत्या ?

टुडेपाटी-
जनकपुरधाम, वैशाख ६ गते ।

बुधबार राति १० बजेतिर महोत्तरीको पिपरा गाउँपालिका- १ ढेकहाका श्रवण महतोको घरमा दुःखद खबरसहितको फोन आयो । ‘तपाईको छोरी र नातिनीको जलेर मृत्यु भयो’ भनेर । उनको घरमा सन्नटा छायो । रुवाबासी सुरु भयो ।

मृत्युको खबर थियो श्रवणकी माहिली छोरी २३ वर्षीया प्रियंका महतो र नातिनी १० महिने माहीको जलेर मृत्युको । ‘राति फोन आयो । तपाइको छोरी र नातिनीको मृत्यु भयो भनेर । छोरी प्रियंका दिउँसै १२ बजे पाखुला दुखिरहेको छ भन्दै घरबाट उपचारको लागि छारीलाई लिएर जनकपुर आएकी थिइन्’ बुबा श्रवणले जिल्ला प्रहरी कार्यालय भक्कानिँदै भने ‘मेरो छोरी र नातिनीको निमर्म तरिकाले जिउँदै जलाएर हत्या भएको छ ।’

Sponsored

गत वैशाख १ गते पाखुरा दुख्ने गरेको भन्दै उपचार गराउन आफ्नो घर मनरासिसवा नगरपालिका २ बाट प्रियंका माइत घर पिपरा गएकी थिइन् ।
बुधबार दिउँसो १२ बजेतिर उपचारको लागि जनकपुरधाम आए पनि बुबा श्रवण महतोले अपराहन्न ५ बजेतिर मात्र थाहा पाए । ‘म खाना खाएर सुतेको थिएँ । पाँचबजे उठेपछि बेटी खोइ सोधेपछि घरपरिवारले उपचारको लागि जनकपुर गइन् भनेर सुनाए । साँझसम्म घरमा बाटो कुर्दा आइनन् । १० बजेतिर फोन आयो छोरी नातिनी यस्तो अवस्थामा भेटियो भनेर’ उनले भने ।

बुधबार राति ८ बजेतिर जनकपुरधाम उपमहानगर १६ कपिलेश्वरमा पोखरी नजिक आगोले जलेको अवस्थामा प्रियंकको शव र १० महिने छोरी आगोले पोलेर चिच्याउँदै छटपटाइरहेको अवस्थामा फेला परेकी थिइन् ।
एक प्रहरी अधिकारीका अनुसार छेउमै त्यहाँ मोबाइलको टर्च बलिरहेकै थियो । जलेर हल्का बाँकी रहेको प्लास्टिकको बोतलमा मट्टीतेलको जस्तो गन्ध आएको थियो । छोरीलाई तत्कालै जनकपुर प्रादेशिक अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।
राति नै प्रहरीले आमा छोरीको सनाखत गरी मृतक परिवारलाई खबर गरेको थियो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले घटनास्थलको प्रकृतिले आमा छोरीको हत्या वा आत्महत्या क्लियर नभएको बताए । ‘अहिलेसम्मको स्थिति हेर्दा आफै आत्महत्या गरेको जस्तो देखिन्छ । अन्य मान्छेको संलगनता अहिलेसम्म खुेलेको छैन । हत्या भएको जस्तो प्रमाणहरु फेला परेको छैन । तापनि हामी प्राविधि तर्फबाट पनि अनुसन्धान गर्दै छौं । त्यसबाट केही खुल्छ की ‘डिएसपी अवाले भने ।

Sponsored

घरपरिवारले शंकास्पद भनेको कोणबाट पनि अनुसन्धान गरिरहेको उनले बताए । छोरी र नातिनीको हत्या भएको उनको दावी छ ।
स्थानीयका अनुसार प्रियंकाकी पति सुमित महतो सोझा सिधा स्वभावका हुन् । गाउँघरमै जनमदजुरी गर्छन् । ससुराबा फेकन महतोले पनि बुहारी र नातिनाको हत्या नै हुन सक्ने आशंका व्यक्त गरे । घटनालाई मोड्न जनकपुर ल्याएर हत्या गरेको हुन सक्ने आफन्तजनको आशंका छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *