TodayPati

मधेश प्रदेशसभामा तोडफोड, प्रतिपक्षीले बहिस्कार गरेको बैठकमा मुख्यमन्त्रीले लिए विश्वासको मत

टुडेपाटी-
जनकपुरधाम,वैशाख ५ गते ।

मधेश प्रदेशसभामा मंगलबार दिउँसो १ बजे मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको लिनको लागि बोलाइएको बैठक दुईपटक १०-१० मिनेट जनमतको अवरुद्धले स्थगित भयो । तेश्रो पटक राति सवा ८ बजे बसेको बैठकमा पुनः जनमतका संसदीय दलक नेता महेश प्रसाद यादवले माग पुरा नभएको भन्दै उठेर विरोध जनाए ।

सभामुख रामचन्द्र मण्डलले ईशारा दिँदै 󠅝’तपाईले सदनमा तोडफोड गर्नुभयो । उहाँलाई समातेर बाहिर निकाल्नुस् ‘ भन्दै मर्यादा पालकलाई निर्देशन दिए । त्यसपछि जनमतका सबै सांसद पालैपालो बाहिर निस्के ।

Sponsored

जनमतमाथिको व्यवहारको काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले भत्र्सना गर्दै सो दलका सांसदहरु पनि बाहिर निस्के ।
मंगलबार मात्रै सरकारबाट समर्थन फिर्ता लिएको लोसपा दलका उपनेता उपेन्द्र महतोले सदनबाट प्रतिपक्षी निस्केकाले बैठक स्थगित गर्न सभामुखसंग आग्रह गरे । तर सभामुखले सरकार राजविराज घटनाको छानविन गर्न तयार रहेपनि जनमतले नमानेको र चारलाख भन्दा बढीको तोडफोड गरेको बताए । उनले टेवुफ, कुर्सी, सिसीटिभी क्यामेरा लगायत चारलाख भन्दा बढीको तोडफोड गरेकाले कानुन बमोजिम असुल उपर गर्न सभामा निर्देशन समेत दिए ।


लोसपा उपनेता उपेन्द्र महतो बैठक स्थगित नगरे लोसपा पनि सदन बहिस्कार गर्ने भन्दै सांसद सहित बाहिर निस्के । प्रतिपक्षीहरु निस्केपछि सभामुख मण्डलले मुख्यमन्त्रीलाई विश्वासको मतको लागि विभाजन घण्टी बजेको घोषणा गरे । मत पक्ष विपक्षमा गर्न आग्रह गरे । तर प्रतिपक्षी विहीन सडकमा मुख्यमन्त्री यादवको पक्षमा मात्र ६१ मत पर्यो भने विपक्षमा शून्य मत परेको घोषणा सभामुखले गरेका छन् ।

दिउँसो २ बजेको बैठक अवरुद्ध जनमतले गरेपछि १० मिनेटका लागि सदन स्थगित हुँदै सर्वदलीय बैठक सुरु भएको थियो । सर्वदलीय बैठक घण्टौ चल्दा मुख्यमन्त्री यादव प्रदेश सभा मामिला संसदीय समिति मार्फत छानवीन गर्न राजि भए । तर जनमतले छुट्टै संसदीय छानबिन समिति गठन गर्नु पर्ने अडानमा छन् ।

Sponsored

सभामुख रामचन्द्र मण्डलले चारलाख मूल्य पर्ने सिसीटीभी क्यामेरा तोडफोड भएर क्षति भएको बताए । ‘टेवुल खसालेको थियो, माइकमा क्षति भएको छ । सबभन्दा बढी चारलाख पर्ने सिसीटिभी क्यामेरा फुटेको छ’ उनले भने ।

माघ १० राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यास कार्यक्रममा तत्कालीन शिक्षा मन्त्री समेत रहेका जनमतका दलका नेता महेश यादवलगायतमाथि प्रहरीले बल प्रयोग गर्दा घाइते भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *