TodayPati

मधेश सरकारबाट बाहिरियो लोसपा, विश्वासको मत नदिने

टुडेपाटी
जनकपुरधाम, वैशाख ४ गते ।

मधेश प्रदेशमा वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । लोसपा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

योसंगै लोसपाबाट सरकारमा रहेका वनमन्त्री कुर्मीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा बुझाएका थिए । उनको राजिनामा समेत स्वीकृत भइसकेको छ ।

Sponsored

मधेशमा लोसपाका ९ प्रदेश सांसद छन् । जसमध्ये संसदीय दलका नेता अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाटा दोषी ठहर भए यता उनी फरार छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *