धनुषासहित बाँकेमा थप ४७ कोरोना संक्रमित, कूल सङ्ख्या ३५७ पुग्यो
टुडेपाटी-
जनकपुरधाम, जेठ ५ गते ।
सोमबार एकै दिन कोरोना संक्रमित पुष्टि हुनेको संख्या हालसम्मकै उच्च देखिएको छ ।
बाँकेमा ४६ जना पुरुष र १ महिला गरी ४७ जनाको नमूना भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका थप एक–एक जनामा संक्रमण पुष्टि भएको हो ।
आज बिहान रौतहट र बारामा गरी नौ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै मुलुकमा संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।
Sponsored