TodayPati

बारामा ट्यांकरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, वैशाख ४ गते ।

बारामा तेल ट्यांकरले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् ।

बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार पथलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको ना ७ ख ३०२६ नम्बरको तेल ट्याङकरले जितपुरसिमरा उपमहानगरपालिका २ सञ्चार नजिक ठक्कर दिएको थियो ।

Sponsored

ठक्करबाट गम्भीर घाइते प्रहरी जवान परियारको उपचारको क्रममा परवानीपुर स्थित एल एस न्युरो हस्पिटलमा राति १: २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *