TodayPati

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

टुडेपाटी-
जनकपुरधाम, वैशाख ३ गते ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको हो ।

पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।

Sponsored

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । मूल्य वृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७२ रुपैयाँ ५० पैसाबाट १७५ रुपैयाँ ५० पैसा पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *