TodayPati

मधेशमा आज जुडशीतल मनाइँदै, सार्वजनिक बिदा

टुडेपाटी-
जनकपुरधाम, बैशाख २ गते ।

मधेशमा आज हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ । नव वर्षको स्वागतमा मिथिलासहित मधेशमा
प्रत्येक वर्षको वैशाख २ गते जुडशीतल मनाइन्छ ।

आजको दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिरमा (टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ ।

Sponsored

बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद दिँदै पर्व मनाउने चलन छ ।

वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्छन् ।

आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ ।

Sponsored

सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।

नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ ।

आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरेका छन् । घरघरमा विशेष परिकार बनाएर खाने चलन पनि यस पर्वमा छ ।

जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *