TodayPati

नयाँ वर्षमा बटेश्वरमा मगही सल्हेश मेला, उपप्रधानमन्त्री महासेठले गरे उदघाटन

टुडेपाटी-
जनपुरधाम, वैशाख १ गते ।

धनुषाको बटेश्वर गाउँपालिका- १ सोनापुरमा महगी सल्हेश मेला यस वर्ष पनि आयोजन भएको छ । स्थानीय विजुली पासवानको आँपको रुखमा नयाँ वर्षमा फूल्ने फूल फूल्न थालेपछि विगत चारवर्षदेखि मेलाको आयोजन हुँदै आएको छ ।

यसवर्ष पनि स्थानीये मगही सल्हेश मेला समितिले सांस्कृतिक कार्यक्रमसहित मेला आयोजन गरेको हो । यसवर्ष भने वैशाख १ मा फूल फुलेको छैन । सिरहाको सल्हेश फूलवारी झै यहाँ पनि फूल नफुलेकाले आश्चर्य मानिएको छ । यधपी मेला भने आयोजन भएको हो ।

Sponsored

शनिबार मेलाको उदघाटन नेपाल सरकारका उपप्रधान तथा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले गरेका छन् । रिवन काटेर मेला तथा मगही जटजटिन कार्यक्रमको उपप्रधानमन्त्री महासेठले उदघाट गरेका हुन् ।

उदघाटन गर्दै उनले सांस्कृतिक संरक्षण सम्वद्र्धन गर्नुपर्नेमा जोड दिए । साथै उनले अबको तीनवर्ष भित्र बटेश्वर गाउँपालिकाको एउटा पनि मूल सडक कालोपत्रे हुन नछुट्ने प्रतिबद्धता गरे ।

उदघाटनमा नेकपा एमाले मधेश प्रदेश संसदीय दलका उपनेता दिपेन्द्र ठाकुर, प्रमुख सचेतक हरिनारायण महतो, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुकदेव यादव लगायतको उपस्थिति थियो ।

Sponsored

कार्यक्रमको सञ्चालन फूलगेन महगहीले गरेका थिए भने स्वागत मन्तव्य पूर्व प्रधानपञ्च एवं वुद्धिजिवी वौएलाल महतोले राखेका थिए । आज भएको जटजटिन, कविता वाचन, झरीझरी प्रतिष्पर्धा भएको छ । जसमा उत्कृष्ट हुनेहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ ।


मेला आइतवार समेत रहने आयोजकले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *