TodayPati

जनकपुरमा अन्तर प्रदेश टी–२० क्रिकेट हुने

टुडेपाटी-
जनकपुरधाम, चैत २९ गते ।

जनकपुरधाममा अन्तरप्रदेश क्रिकेट प्रतियोगिता हुने भएको छ । मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा आगामी वैशाख २० गतेदेखि अन्तर प्रदेश क्रिकेट प्रतियोगिताको आयोजना हुन लागेको हो ।

वैशाख २० गतेदेखि वैशाख २९ गतेसम्म टी–२० क्रिकेट प्रतियोगितासञ्चालन मन्त्री सुरिता साहले जानकारी दिइन् । उनका अनुसार क्रिकेट प्रतियोगितामा ७ प्रदेश र एक आयोजक टिम गरी कुल ८ वटा टिमले भाग लिने छ ।

Sponsored

जनकपुरधामस्थित निर्माणाधिन रामजानकी बहुउद्देश्यीय रंगशालामा प्रदेश सरकारको आयोजनामा हुने प्रतियोगिताको संयोजन सहिद कप क्रिकेट कमिटीले गरेको छ भने सहकार्य मधेस क्रिकेट संघ र नेपाल क्रिकेट संघले गरेको हो ।

क्रिकेट प्रतियोगितामा कुल ३७ लाख खर्च हुने अनुमान गरिएको र ३० लाख रुपैयाँ प्रदेश सरकारले दिने मन्त्री साहले बताइन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *