TodayPati

महोत्तरीका एक वडासदस्य गाँजासहित पक्राउ

टुडेपाटी-
जनकपुरधाम, चैत २९ गते ।

महोत्तरीबाट प्रतिबन्धित गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भंगाहा नगरपालिका ६ का वडासदस्य ३२ वर्षीय कलाम अंसारी र बर्दिवास नगरपालिका १० का ४० वर्षीय पदम स्याङ्दन छन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार बर्दिबास नगरपालिका १४ स्थित ट्राईल सेन्टर छेउबाट ईलाका प्रहरी कार्यालय बर्दिवासको टोलिलाई देख्नासाथ परिचय नखुलेको ३ जना पुरुषले बोकी ल्याएको सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फालेर भागेका थिए । बोरामा २० किलो ९७४ ग्राम बरामद भएको थियो ।

Sponsored

खोजतलासको क्रममा २ जनालाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *