फोहोरमैला व्यवस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छः इयु राजदुत
बर्दिबास, चैत २८ गते ।
युरोपिएन यूनियनका राजदुत भेरोनिक लोरेन्जोले वातावरण संरक्षण सबैको लागि प्राथमिकताको बिषय भएको बताएकी छन् । मंगलबार बर्दिबास नगरपालिकामा क्रीएसन नेपालद्वारा आयोजित सरोकारबाला संगको छलफलमा राजदुत लोरेन्जोले यस्तो बताएकी हुन् । उनले बातावरणलाई राजनीतिक रुपमा स्थानीय प्राथमिकताको बिषय बनाउनु पर्नेमा जोड दिइन् ।
‘वातावरणलाई राजनीतिक रुपमा पनि प्राथमिकता दिनु पर्छ । बातावरणलाई चक्रीय अर्थतन्त्र संग जोड्न सके यसले पर्यावरण संरक्षण संगै आर्थिक समृद्धि पनि हासिल गर्न सकिन्छ’, उनले भनिन्,
त्यस्तै, नेपालका लागि जर्मन राजदुत थोमल प्रीन्जले बर्दिबास नगरपालिकाले फोहोरमैला ब्यबस्थापन क्षेत्रमा कसरी काम गरि रहेको जिज्ञासा राखेका थिए ।
बर्दिबास नगरपालिकाकी उपमेयर तारा देवी महतोले नगरपालिकाले फोहोरमैला व्यवस्थापन क्षेत्रमा नीति निर्माणका लागि क्रीएसन नेपालसंग सहकार्य गरेर अगाडी बढी रहेको बताइन् । उनले अहिलेपनि फोहोरमैला क्षेत्रमा काम भइरहेको जानकारी गराउंदै अझै नितिगत स्पष्टता सहित दीर्घकालीन व्यवस्थापनमा जोड दिइन् ।
स्वेडन (दिल्ली) मिसन उपप्रमुख क्रीस्टिएन क्यामिलले फोहोरमैला ब्यबस्थापन बिश्वब्यापी समस्या भएको जिकिर गर्दै नितिगत रुपमा स्पस्ट हुन सके समाधान गर्न कठिन नहुने बताए ।
त्यसैगरी, फ्रान्सका राजदुत ग्लिज बोरबाउ, पियन युनियनका सहकारिता उपप्रमुख एलोइजा स्टुडिलो पनि उपस्थित रहेकी थिइन् । युरोपिएन युनियनको सहयोगमा क्रीएसन नेपालले बर्दिबास नगरपालिकासंग मिलेर ग्रीनशिफ्ट परियोजना संचालन गरिरहेको छ ।
छलफलमा ग्रीन शिफ्ट परियोजनाका लागि छनौट भएका बर्दिबासका नगरपालिका भित्रका चार विद्यालयका प्राधानाध्यापक सहित विद्यार्थीको सहभागिता रहेको थियो । उक्त विद्यालयमा क्लाइमेट स्मार्ट स्कुल परियोजना सुचारु हुने जनाइएको छ ।
Sponsored