TodayPati

भारतमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

टुडेपाटी-
जनकपुरधाम,चैत २७ गते ।

भारतको उत्तराखण्डमा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।
उतराखण्डको उत्तराखण्डस्थित नैनीताल जिल्लामा अन्य दुई जना नेपाली घाइते भएका छन् ।

मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
उनीहरु घर फर्किंदै गर्दा सोमबार राति भएको दुर्घटनामा सात जना नेपाली र एक जना चालक सहित आठ जनाको मृत्यु भएको जनाएको छ ।

Sponsored

भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेको समाचारमा उल्लेख छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *