सिरहामा दिनदहाडै हतियार देखाएर मनीट्रान्सफरको साढे १५ लाख लुटियो
टुडेपाटी-
जनकपुरधाम, चैत २५ गते ।
सिरहामा हतियार देखाएर मनीट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिरहाको विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ सिरहा सदरमुकाममा आज बिहान ११ तिर हतियारधारीले लुटेका हुन् ।
सिराहाको ग्लोबल बैंकबाट निकालेर पुरुषोत्तम यादवले लिएर जाँदै गरेको रुपैयाँ भारतीय मोटरसाइकलमा आएका हतियारधारीले लुटेका हुन् ।
भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरूको खोजीकार्य तथा थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले बताए ।