TodayPati

सुनसरीको भुटाहा दिनभर तनावग्रस्त : झडपमा ४ जना घाइते, ३१ राउन्ड हवाई फायर

टुडेपाटी-
जनकपुरधाम, चैत २३ गते ।

सुनसरीको भुटाहा शुक्रबार दिनभर तनावग्रस्त रह्यो । दुई समूहबिचको पटकपटक भएको झडपमा ४ जना घाइते भएका छन् । झडप नियन्त्रणमा लिन प्रहरीले ३१ राउन्ड हवाई फायर गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन तिम्सिनाका अनुसार झडपमा ढुङ्गा लागेर हरिनगराका ४ जना स्थानीय घाइते भएका छन् ।
समाजिक सद्भाव थप भड्न नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले सो क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।

Sponsored

सुनसरीको हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बरवडा लक्षित गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेलाजम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न र नगराउन उल्लेख छ ।

बिहीबार एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएपछि दुई समूहबिचको विवादले उग्ररुप लिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *