TodayPati

सर्लाहीमा एक वृद्धा आफ्नै घरमा मृत फेला, हत्या आशंका

टुडेपाटी-
जनकपुरधाम, चैत २१ गते ।

सर्लाहीमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । बागमती नगरपालिका–४, जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत फेला परेकी हुन् ।
उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रहरीका अनुसार मृतक वृद्धाको अनुहारमा चोट देखिएको छ । नजिकै रगत लागेको अवस्थामा काठको टुक्रा पनि बरामद भएको छ । घटनामा संलग्न हुन सक्ने आशंकामा एक युवकलाई पक्राउ गरेर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *