TodayPati

बटेश्वर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको इन्धनमा एक वर्षमै ४३ लाख स्वाहा

टुडेपाटी-
जनकपुरधाम, चैत
२१ गते ।

धनुषाको बटेश्वर गाउँपालिका कार्यालयले एक वर्षमै इन्धनमा झण्डै ४३ लाख रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७९।०८० मा गाउँपालिका कार्यालयले ४२ लाख ८८ हजार २२ रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ ।

स्थानीय समेत रहेको पत्रकार शैलेन्द्र महतो क्रान्तिले सूचनाको हक प्रयोग गरी मागेको जानकारीमा एक वर्षकै अवधिमा सो अवधिमा इन्धनमा त्यति रकम खर्च गरेको हो ।

Sponsored

प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोले जनप्रतिनिधि, कर्मचारी लगायतलाई इन्धन उपलब्ध गराइएको लगबुकमा उल्लेख रहेको बताए । कानुन बमोजिम नै इन्धन उपलब्ध गराएको उनको दावी छ । तर, पालिकाका एक कर्मचारीकाले पालिका अध्यक्ष र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मनपरी आसेपासेलाई इन्धन बाँड्दा त्यसमा ठूलो रकम खर्च भएको दावी गरे ।

अर्को कारण गाउँपालिका कार्यालयले झण्डै दुईवर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको लागि चारचक्के गाडी भाडामा लिँदा पनि इन्धन खर्च बढेको ती कर्मचारीको भनाइ छ । बटेश्वर गाउँपालिकामा काँग्रेसका रामअशिष महतो पालिका अध्यक्ष छन् । त्यस अघिल्लो आर्थिक वर्ष २०७८।०७९ मा इन्धनमा २७ लाख २९ हजार २४९ रुपैयाँ खर्च भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *