TodayPati

बस्तीमा प्रवेश निषेध लगायत अमानवीय काम गर्नेलाई कानूनी कारबाही हुन्छ : गृह मन्त्रालय

टुडेपाटी-
जनकपुरधाम, जेठ ५ गते ।
गृह मन्त्रालयले टोल बस्तीमा प्रवेश निषेध गर्ने र बाटो बन्द गर्ने गराउने जोसुकैलाई कानूनी दायरामा ल्याउने चेतावनी दिएको छ । तर कोरोना भाइरसका शंकास्पद अवस्था र भयावह भएको खण्डमा सिल गरेको बाहेक अन्य व्यक्ति र स्वयसेवाको रुपमा सडक बाटो बन्द कार्य गर्न नपाउने आइतबार गृहले जारीको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘स्थानिय केही ब्यक्तिबाट सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने तथा आवागमनमा बाधा पु¥याउने अमानविय कामप्रति मन्त्रालयको गम्भिर ध्यनाकर्षण भएको छ ।’

कत्तिपय बस्तिमा स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, दवाव दिने र आवागमनमा दुब्र्यवहार गरेको भन्दै मन्त्रालयले त्यस्ता गतिविधी गर्नेलाई कानुनी काबाही गर्ने चेतावनी दिएको हो ।

Sponsored

‘संक्रामक रोग ऐन–०२० अनुसार सरकारको निर्णय पालना गराउन सवै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरिएको छ’ मन्त्रालयलको विज्ञप्तिमा भनिएको छ–‘जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पु¥याउने जुनसुकै ब्यक्तिलाई पनि कानुन बमोजिम हदैसम्मको कारबाही हुन्छ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *