TodayPati

संसदमा उठ्यो मदिरा तस्करी र राजस्व छलीको पर्दाफास गरेका पत्रकार आजादको सुरक्षाको विषय

टुडेपाटी

काठमाडौं, चैत २० गते ।

मदिरा तस्करी र राजस्व छलीको पर्दाफास गरेका कान्तिपुर टेलिभिजनका सिरहाका पत्रकार विनय आजादको सुरक्षाको विषय संसदमा उठेको छ ।

Sponsored

जनमत पार्टीका सांसद अब्दुल खानले मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै साहसिक रिपोर्टिङ गरेका पत्रकार आजादलाई राज्यले संरक्षण गर्नुपर्नेमा प्रहरीकै रोहबरमा तस्करहरूले आक्रमण गर्ने योजना बनाएको भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।

पत्रकार आजादले गत चैत ४ गते सिरहाको गोलबजार नगरपालिका(९ मा अवस्थित मदिरा उत्पादक कम्पनी शारदा डिस्टिलरी उद्योगले आन्तरिक राजस्व विभागको एउटै स्टिकरलाई दुई(तीन टुक्रा पारी दैनिक लाखौं राजस्व छली गर्दै आएको र दैनिक झण्डै एक करोडको ती अवैध मदिरा भारत तस्करी गर्दै आएको विषय पर्दाफास गरेका थिए ।

सोही विषयमा गत चैत ८ गते नेपाल प्रहरीका सई अमित राईको रोहबरमै तस्करहरूले पत्रकार आजादमाथि आक्रमण गर्ने योजना बनाएका थिए । यस विषयमा नेपाल पत्रकार महासंघ जिल्लादेखि केन्द्रसम्मको कार्यसमितिले विज्ञप्ति निकाले पनि संलग्नहरूलाई कारवाही नहुनुमा उनले शंका व्यक्त गरे ।

Sponsored

राजस्व छली र मदिरा तस्करी प्रकरणमा प्रहरी, प्रशासन र आन्तरिक राजस्वका कर्मचारीहरूको मिलेमतो स्पष्ट भइसकेको भएपनि उनीहरूमाथि अनुसन्धान हुन नसकेको र यो समाचारपछि पक्राउ परेकाहरू रिहा भइरहेको, घटनाको ढाकछोप गर्ने प्रयत्न भइरहेको भन्दै उनी सरकार नै गिरोहतन्त्रको संरक्षक रहेको आरोप लगाए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *