TodayPati

मालपोत कार्यालय महोत्तरीका नासु पण्डित र लेखनदास कर्ण दोषी ठहर

टुडेपाटी-
जनकपुरधाम, चैत २० गते ।

भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका नायव सुब्बा रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुभाषचन्द्र लाल कर्ण घुस लिएको अभियोगमा दोषी ठहर भएका छन् । सेवाग्राहीसंग घुस लिएको अभियोगमा दुबैजनालाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजालसले नासु पण्डितलाई एक महिना कैद र नौ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
जलेश्वरमै भूसेवा केन्द्र सञ्चालन गर्दै आएका लेखापढी व्यवसायी कर्णलाई विशेषले मतियार ठहर गर्दै १५ दिन कैद र ४५ सय रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि यसै वर्ष ७ वैशाखमा मुद्दा चलाएको थियो ।

Sponsored

दाखिला खारेज गरी जग्गाधनी पुर्जा दिलाइदिने प्रयोजनका कर्णले पण्डितले भनेअनुसार सेवाग्राहीसँग नौ हजार घुस लिएको अवस्थामा १८ फागुन २०७९ अख्तियारले कर्णलाई रंगेहात नियन्त्रणमा लिइएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *