मधेश प्रदेशका प्रमुख सचिव घिमिरेको सरुवा, पद रिक्त
टुडेपाटी
जनकपुरधाम, चैत १९ गते ।
मधेश प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेको सरुवा भएको छ । गत असोज ८ गते मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रमुख सचिव भएर आएका उनको सरुवा भएको हो ।
सोमबार सरकारले एकै पटक गरेको ११ जना सचिवको सरुवामा मधेशका प्रमुख सचिव घिमिरे पनि परेका छन् । उनको उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयमा (वाणिज्य) सचिवमा सरुवा भएको हो।
उनी मधेश प्रदेशमा बस्न चाहेका थिएनन् । उनले आफ्नो अन्तै सरुवाका लागि पछिल्लो लामो लामो समय बिदामा बसेर काठमाडौं दौडधुप गरिरहेका थिए ।
मधेशका प्रमुख सचिव घिमिरेको सरुवा भएपनि उनको ठाउँमा को आउने भन्ने टुंगो लागेको छैन । यससंगै मधेश प्रदेशमा प्रदेश सचिवको पद रिक्त भएको छ ।
Sponsored