TodayPati

सिरहामा एसईई अन्तर्गत गणित विषयको प्रश्नपत्र आउट गर्ने पक्राउ, १३१ वटा मोबाइल जफत

टुडेपाटी-
जनकपुरधाम, चैत १८ गते ।

सिरहामा एसईई परीक्षा अन्तर्ग आइतबार भएको अनिवार्य गणित विषयको प्रश्न पत्र आउट गर्ने एकजना पक्राउ परेका छन् । पश्नपत्र आउन गर्ने सुखीपुर नगरपालिका ७ स्थित रजै माध्यमिक विद्याल बलही परीक्षा केन्द्रबाट गोलबजार नगरपालिका १३ का १८ वर्षीय पप्पु कुमार सिंहलाई प्रहरले पक्राउ गरेको हो ।

उनले परीक्षा केन्द्र बाहिर कबिता फोटो स्टुडियोमा गई प्रश्न पत्रको उत्तर लेखी ३० प्रति फोटोकपी समेत गरी प्रश्न पत्रको गोपनियता गरेको आरोपमा पक्राउ परेका हुन् ।

Sponsored

त्यस्तै परीक्षा केन्द्रमा लगिएको १३१ वटा मोबाइल प्रहरीले जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाबाट अनुगमनको लागि खटिएका परीक्षा अनुगमन टोलिले विभिन्न परीक्षा केन्द्रहरूबाट १३१ थान मोबाइल र १८ थान स्मार्ट घडी जफत गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *