TodayPati

धनुषामा शौचालयको सेफ्टी ट्यांकी सफाई गर्ने क्रममा एकजनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, चैत १७ गते ।

धनुषाको धनुषाधाममा सार्वजनिक शौचालयको सेफ्टी ट्यांकी सफाई गर्ने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका ३ का ४५ वर्षीय ठेकु मल्लिक रहेका छन् ।

शनिबार दिउँसो सेफ्टी ट्यांकी सरसफाई गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *