TodayPati

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, चैत १७ गते ।

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट करिब ८० मिटर तल  त्रिशूली नदीमा खसेको हो ।

चितवनको इच्छाकामना ५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट नदीमा ट्याक्सी खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् । उनीहरूको पहिचान भइसकेको छैन ।

ट्याक्सीमा कति जना सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *