TodayPati

रौतहटमा हँसिया प्रहार गरी पत्नीको हत्यापछि आफ्नै घाँटी रेटेर पतिले गरे आत्महत्या प्रयास

टुडेपाटी-
जनकपुरधाम, चैत १५ गते ।

रौतहटमा पतिले हाँसिया प्रहार गरी पत्नीको हत्या गरेका छन् । वृन्दावन नगरपालिका १ बलहरी गाउँका ४० वर्षीय तीर्थ वाइबाले घरायसी विवादमा हँसियाले रेटेर ३५ वर्षीय पत्नी सोतीमाया वाइबाको हत्या गरेका हुन् ।

बुधबार दिउँसो बागमती नदीको बगरमा घाँस काट्न गएका पति पत्नीबिच विवाद हुँदा वाइबाले हँसियाले पत्नीमाथि माथि आक्रमण गरेका थिए । उनले अत्यधिक मदिरा सेवन गरी नशामा श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ ।

Sponsored

श्रीमतीको हत्या गरेलगत्तै वाइबाले घरमा आएर आफ्नो घाँटी हँसियाले रेटेर आत्महत्याका
प्रयास गरेका थिए । उनलाई सिकिस्त अवस्थामा उद्धार गरी चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *