TodayPati

धनुषामा एक बालिकाको रहस्यमय मृत्यु, हत्याको आशंका

टुडेपाटी
जनकपुरधाम, चैत १४ गते ।

धनुषाको धनुषाधाममा एक बालिकाको रहस्यमय मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका ५ पर्वताका राजकिशोर महतोका ११ वर्षीया छोरी राधिका कुमारीको मंगलबार साँझ रहस्यमय मृत्यु भएको हो ।

मृत्यु भएको अवस्थामा घरमै साढे ५ बजेतिर शव फेला परेको प्रहरीले जनाएको छ । तर स्थानीयले भने बालिकाको सौतेनी आमा निर्षीदेवी महतोले घाँटी थिचेर हत्या गरेको दावी गरेका छन् ।

Sponsored

आफ्नी आमा निर्मला देवी घरमा नरहेको मौकाछोपी सौतेनीआमा निर्षीले बालिकाको हत्या गरेको स्थानीयको दावी छ । स्थानीयका अनुसार घाँटीमा डाम देखिएको र घटनापछि सौतेनी आमा भागेकी थिइन् । बालिकाको बुबा राजकिशोर वैदेशिक रोजगारमा छन् ।

इलाका प्रहरी कार्यलय धनुषाधामले हत्या भए वा नभएको विषय अनुसन्धान पश्चात मात्र भन्न सकिने बताएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *