TodayPati

धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

टुडेपाटी-
जनाकपुरधाम, चैत १३ गते ।

धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खुट्टापिपराका २५ वर्षीय रामबाबु साह रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार आज बिहान सवा ६ बजेतिर जनकपुर–ढल्केवर सडक खण्डमा ढल्केवतर पर्फ जँदै गरेको लक्ष्मीनियामा जनकपुर तर्फबाट जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बी.एल.१२ सी ०९४४ भारतीय नम्बरप्लेटको कारले पछाडिबाट ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए । साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारकिो क्रममा आज बिहान ७ बजे मृत्यु भएको हो ।

Sponsored

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । दुर्घटना लगतै कार चालक फरार भएको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *