TodayPati

जनकपुरमा शाकाहारी होली आज, मांसाहारी होली भोलि

टुडेपाटी-
जनकपुरधाम, चैत १३ गते ।

जनकपुरधाममा आज शाकाहारी होलि मनाइँदै छ । १५ दिने मिथिला मध्यमा परिक्रमा समापन भएको भोलिपल्ट जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा होलि मनाउने परम्परा छ ।

हिजो अन्तरगृह परिक्रमा सम्पन्न भएपछि आज मंगलबार होलि परेको हो । आज शाकाहारीहरुले मालपुवा,दहीवारा, मिठाई लगायतको मिष्टान परिकार खाएर विधिवत रंगअविर लगाएर होली पर्व मनाइरहेका छन् ।

Sponsored

होली पर्वको अवसरमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा रहेको छ ।

तर, आज मंगलबार माछामासु मदिरा सेवन नगर्नेले भोलि बुधबार होली पर्व मनाउने तयारीमा छन् । माछामासु तथा मदिरा नखाइ होली हुन्न, त्यसको लागि तिथि सारेर जनकपुरधाममा केहीवर्ष यता होली पर्वलाई विकृत बनाउने प्रवृति बढेको छ । यसमा केही यूवा क्लव तथा संघसंस्था सक्रिय छन् । वौधिक वर्गतथा नागरिक समाज पनि मौन बस्ने गरेका छन् ।

जनपुरधामका मेयर मनोज कुमार साह परिक्रमा समापनको भोलि पल्ट होली हुने भएकाले आजै होली पर्व मनाउन आग्रह गरेका छन् । उनले मासुमदिरा खानेको होली जहिल्यै पनि हुने भएकाले त्यसको पछाडि नलाग्न अनुरोध गरेका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *