TodayPati

१५ दिने मिथिला मध्यमा परिक्रमा आज समापन हुँदै (फोटो फिचर)

टुडेपाटी-
जनकपुरधाम, चैत १२ गते ।

मधेशको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदै छ । आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा मिथिला मध्यमा परिक्रमा सम्पन्न हुन लागेको हो ।
मध्यमा तथा अन्तगृहम परिक्रममा यसवर्ष पनि लाखौ श्रद्धालुह सहभागि भएका छन् । अन्तरगृहम परिक्रममा तिर्थालु तथा श्रद्धालुको झनै भीड देखिएको छ ।

विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास सहित हजारौं नरनारी परिक्रममा सहभागी हुने गर्दछन् ।
फागुन औसींका दिन धनुषाको मिथिलाबिहारी नगरपालिका ८ स्थित मिथिलाविहारी मन्दिरबाट मिथिला बिहारीको डोलासहित परिक्रमा सुरु भएको थियो ।

Sponsored

१५ दिने परिक्रममा जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत),विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरि मध्य परिक्रमा सम्पन्न हुने गर्दछ ।

माध्यमिकी परिक्रममा सहभागि नहुने अधिकांश श्रद्धालु भक्तजन अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रममा सहभागि हुने गर्दछन् । यस परिक्रममा युवायुवतीहरुको संख्या पनि उल्लेखनीय रहन्छ ।

परिक्रममा रामजानकीको डोलासंगै परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् । टायर गाडा ,साईकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरि बास बस्नु, भूंइ खनेर चूल्हो निर्मण गर्नु, खाना पकाउनु, भजन कित्र्तन लगायतका कार्यहरु गर्नु परिक्रमा यात्री श्रद्धालुहरुको आस्था हो । पक्रिमाको क्रममा रात्रि विश्राम गर्नै पान्ध्रौ स्थलहरुमा स्थानीयहरुले मेलाको आयोजन गर्ने गर्दछन् ।

Sponsored

नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट प्रायः हजारौं वृद्धवृद्धाहरुको सहभागिता रहन्छ ।
आज अन्तरगृह परिक्रमा सकिएपछि जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा भोलि होली खेलिने छ । परिक्रमा समापनको भोलि पल्ट मिथिलाञ्चल क्षेत्रमा होलि मनाउने परम्परा रहि आएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *