TodayPati

बिजुलीको तार चुँडिएर खस्दा एकै घरका तीनजनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, चैत १० गते ।

दाङमा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीया दिलसरा र उनीहरूका चार वर्षीय नाती कृष्ण रहेका छन् ।

इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार शनिबार दिउँसो करिब सवा २ बजेतिर विद्युत्को तार चुडिएर घर अगाडि खेलिरहेका नातीलाई करेन्ट लागेका थिए ।

Sponsored

बचाउन गएका हजुरआमा र हजुरबुबालाई पनि करेन्ट लागेर गम्भीर घाइते भएका थिए । हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताए ।
घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *