TodayPati

दिलीप महतोलाई पर्यावरण शहीद घोषणाको माग गर्दै ढल्केवरमा चक्काजाम

विजय सिंह –
जनकपुरधाम, चैत १० गते ।

क्रसर माफियाबाट मारिएका पर्यावरण अभियन्ता दिलीप भनिने ओमप्रकाश महतोलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरिएको छ । शनिवार धनुषाको ढल्केवरमा पीडित परिवार र समाजिक अभियन्ताहरुले राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।

दिलिपलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने माग गर्दै प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका उनीहरुले करिब आधा घण्टा पूर्वपश्चिम लोकमार्ग पूर्णरुपले अवरुद्ध पारेका थिए ।
दिलिप महतोलाई शहीद घोषणा गर्नुपर्ने माग गर्दै उनको परिवार केहीदिन अघिमात्रै काठमाडौं पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले ज्ञापनपत्र बुझाउँदै शहीद घोषणाको मागसँगै पुनः अनुसन्धानको पनि माग राखेका छन् ।

Sponsored

दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर्न र पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संसदमा समेत आवाज उठाएका छन् । पूर्वराष्ट्रपति रामवरण यादवले पनि दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर्न सरकारसँग माग आग्रह गर्दै आएको छ ।

२५ पुस २०७६ को झिसमिसे बिहानीमा धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीपलाई क्रसर डनले क्रुर हत्या गरेका थिए । क्रसर गुण्डाले दिलिपलाई कोखमा‘लिभर’प्रहार गरी सख्त घाइते बनाएर टिपरले किचेर हत्या गरेका थिए । चुरे दोहन रोक्नुपर्ने, अबैध उत्खनन् र क्रसर उद्योग बन्द गर्नुपर्ने उनको चोटिलो आवाज खोला तस्करको तारोमा परेर दिलिपको हत्या गरिएको थियो ।

त्यसयता दिलिपका परिवार र चुरे अभियन्ताहरु दोषीलाई कडा सजाय र दिलिपलाई पर्यावरण शहिद घोषणाको माग गर्दै गाउँदेखि राजधानीसम्म संघर्ष गरिरहेका छन् ।
दिलिप हत्या मुद्दामा धनुषा जिल्ला अदालतले तीनजनालाई दोषी ठहर गरिसकेको छ । जिल्ला अदालतले गत फागुन १२ गते मुख्य योजनाकार चुरियाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५–२५ वर्ष कैद र ५–५ लाख क्षतिपूर्ति तिर्न फैसला सुनाइएको थियो । जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले गरेको उक्त फैसलालाई उच्च अदालत जनकपुरका न्यायधीशद्वय महेन्द्रनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलाशले जिल्ला अदालतको फैसलालाई सदर गरिदिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *