TodayPati

मधेशमा एमालेबाट थप तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

टुडेपाटी-
जनकपुरधाम, चैत १० गते ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गरेका हुन् । शनिबार नेकपा एमालेका थप चार सांसदले मन्त्री र राज्यमन्त्रीको सपथ लिएका हुन् ।

राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा सपथ लिएका हुन् ।
यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको रुपमा सपथ लिएका हुन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । यस्तै, मुख्यमन्त्री यादवले राज्यमन्त्री केशव रायलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *